Tuesday, March 15, 2016

महासङ्घको परिपत्र - २०७२ फागुन - २२


मिति:- २०७२/११/२५ 
श्री   ……  …………. ……. ………
 ……  …………. ……. ………   सङ्घ / समिति


विषय :- परिपत्र



यही मिति २०७२ साल फागुन २२ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको सचिवालय बैठक महासङ्घका संयोजक मातृका पोखरेलको अध्यक्षता  र सांस्कृतिक मोर्चाका इन्चार्ज कमरेड आहुतिको उपस्थितिमा बस्यो । बैठकले लिएका निर्णयहरु कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ । 

१)  महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलन  २०७३ साल बैशाख २३ र २४ गते गर्ने भनिएकोमा शुक्रवार र शनिवार गर्दा अझ प्रभावकारी र व्याबहारिक हुने देखिएकोले २०७३ साल बैशाख २४ र २५ गते गर्ने निर्णय गरिएको छ। 

२) अखिल नेपाल लेखक सङ्घका संयोजक  रमेश भट्टराईले समय दिन नसकी अखिल नेपाल लेखक सङ्घको सम्पूर्ण गतिविधिमा गतिरोध पैदा भएका कारण सङ्घका वरिष्ठ सदस्य विष्णु भण्डारीलाई कार्यबाहक संयोजकको जिम्मेवारी तोकिएको छ। 

क्रान्तिकारी अभिवादन सहित - 










मातृका पोखरेल
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ 
पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति

No comments: