Saturday, July 5, 2014

परिपत्र - २०७१/०३/२०

अखिल नेपाल चलचित्रकर्मी सङ्घ 
केन्द्रीय समिति 
 
 

परिपत्र 


आज मिति २०७१ साल असार २० गते शुक्रबार अखिल नेपाल चलचित्रकर्मी सङ्घका ज्येष्ठ केन्द्रीय समिति सदस्य केपी पाठकको अध्यक्षता तथा एकीकृत नेकपा माओवादी सांस्कृतिक विभाग इन्चार्ज क. आहुतिको विशेष उपस्थितिमा सङ्घको केन्द्रीय समितिको बैठक बसी निम्न उपस्थितिका बिच छलफल भई निम्नानुसारको निर्णय गरियो। 

उपस्थिति                                                               विशेष उपस्थिति

१. केपी पाठक                                                          १. आहुति
२. राजु केसी                                                            २. बलराम तिमल्सिना
३. विवेक ढुब्गाना                                                    ३. मातृका पोखरेल
४. कृष्ण ढुब्गाना                                                     ४. राजु स्याङतान 
५. प्रमोद भण्डारी
६. भूपेन्द्र खड्का
७. विजय बस्नेत
८. रामेश्वर बुर्लाकोटी
९. रामेश्वर केसी
१०. विमला केसी
११. गोपालचन्द्र लामिछाने
१२. चेतन सापकोटा
१३. अग्रज केसी
१४. माधव ढुब्गेल
१५. पदम महत
१६. लक्ष्मण शेष

प्रस्तावहरु :-

१. श्रद्धाञ्जली
२. रिपोर्टिङ्
३. महासब्घका तर्फबाट वैचारिक तथा प्रशिक्षणात्मक मन्तव्य
४. सम्मेलनका तयारी बारे
क) संयोजक/सहसंयोजक गठन बारे
ख) सचिवालयको पुनर्गठन
ग) कार्यालय गठन
घ) सम्मेलन समय र स्थान
ब) विधान तथा प्रतिवेदन उपसमिति
च) आर्थिक तथा व्यवस्थापन उपसमिति
छ) सदस्यता वितरण र नवीकरण
ज) प्रशिक्षण तथा अन्तक्र्रिया
५. सङ्घर्षको कार्यक्रम

निर्णयहरु :-

१. बैठकको प्रारम्भसँगै दश वर्षे महान् जनयुद्ध तथा विभिन्न जनआन्दोलनमा जीवन बलिदान गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै जनयुद्ध तथा जनआन्दोलनका घाइते, अङ्गभङ्ग  तथा बेपत्ता परिवारको भावपूर्ण स्मरण गरियो
 ।
२. निकै लामो अन्तरालपछि, त्यसमा पनि खासगरी संविधान सभाको दोस्रो निर्वाचन तथा उपनिर्वाचनपछि भएको बैठकमा सहभागी सदस्यहरुले रिपोर्टिङ्ग  गर्नुभयो । रिपोर्टिङ्गका क्रममा पार्टी तथा सब्गठनका गतिविधिमा भएका ढिलासुस्ती, अन्योल र अव्यवस्थाप्रति आलोचना गर्ने काम भयो ।
 
३. एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासब्घका तर्फबाट सांस्कृति विभाग इन्चार्ज क. आहुतिले वैचारिक तथा प्रशिक्षणात्मक
मन्तव्य राख्नुभयो ।
 
४. सम्मेलनका तयारी बारे निम्न लिखित निर्णय गरियो :-
 
क) अखिल नेपाल चलचित्रकर्मी सब्घका संयोजक क. शिवजी लामिछाने काठमाडौँ बाहिर रहनुभएको र तत्काल सम्मेलनमा पर्याप्त समय दिन नसक्ने परिस्थिति देखिएकाले सम्मेलनसम्मका लागि क. केपी पाठकलाई कार्यकारी जिम्मेवारी समेत लिने गरी का.वा संयोजक पदमा चयन गरियो ।
 
ख) सबै नीतिगत निर्णय सचिवालयको बैठकबाट गर्ने र सो निर्णय सार्वजनिक गर्ने लगायतका सम्मेलनसँग सम्बन्धित प्राविधिक र आकस्मिक कामका लागि संयोजक र का.वा संयोजकलाई कार्यालयका रुपमा जिम्मेवारी दिने निर्णय गरियो ।
 
ग) विगतमा २६ सदस्यीय सचिवालय समिति रहेकामा हाल अनुपलब्ध वा अन्य कारणले सम्मेलनमा समय दिन नसक्ने क. युवराज लामा, क. राजन बम, क. राहुल केसी, क. दीपक वान्तवालाई हटाई क. प्रमोद भण्डारी र विवेक ढुङ्गानालाई थप गरियो  अनि क. विमल पौडेलको साधारण सदस्यता खारेज गरियो ।
 
घ) अखिल नेपाल चलचित्रकर्मी सब्घको दोस्रो राष्ट्रिय सम्मेलन २०७० साउन ३० गते शुक्रबार चावहिल स्थित चलचित्र विकास बोर्डमा सम्पन्न गर्ने निर्णय गरियो ।
 
ङ्) दोस्रो राष्ट्रिय सम्मेलनका लागि विधान तथा प्रतिवेदन तयार पार्ने कामका लागि क. केपी पाठक संयोजक र क. कृष्ण ढुङ्गाना , क. विमला केसी तथा क. माधव ढुङ्गेल  सदस्य रहने गरी विधान तथा प्रतिवेदन उपसमिति गठन गरियो ।
 
च) दोस्रो राष्ट्रिय सम्मेलनका लागि क. राजु केसी संयोजक तथा लक्ष्मण शेष सहसंयोजक रहने गरी एक आर्थिक तथा व्यवस्थापन उपसमिति गठन गरियो जसमा सदस्यका रुपमा सचिवालयका सबै सदस्यहरु रहने छन् ।
 
छ) दोस्रो सम्मेलनका लागि सदस्यता वितरण र नवीकरणको कामलाई अघि बढाउने निर्णय गरियो । यस क्रममा नयाँ सदस्यलाई साधारण सदस्यता प्रदान गर्दा सदस्यता शुल्क रु. १०० र नवीकरण गर्दा एकमुष्ठ रु. ३०० तोक्ने निर्णय गरियो ।
 
ज) दोस्रो सम्मेलनको तयारी तथा सदस्यहरुको वैचारिक स्तरणका लागि २०७१ असार ३०  गते प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो । उक्त प्रशिक्षण कार्यक्रममा पार्टी पदाधिकारीका तर्फबाट राजनीतिक तथा सांस्कृतिक विभागका इन्चार्ज क. आहुतिबाट चलचित्र सम्बन्धी विधागत प्रशिक्षण गरिने छ । त्यस्तै २०७१ साल साउन १० गते ११ बजे राष्ट्रिय चलचित्र उद्योगका केही वैचारिक व्यक्तित्वहरुलाई सहभागी गराएर एक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरियो ।
 
५.सङ्घर्षको कार्यक्रम
 
क) विधान तथा प्रतिवेदन उपसमितिले तुरुन्तै दुई प्रकारका मागपत्र तयार गरी सचिवालयबाट पास गराई सम्बन्धित निकायमा पेस गर्ने निर्णय गरियो ।

यस अन्तर्गत क) बजेट भाषणमा चलचित्र क्षेत्रका लागि रकम वृद्धि गर्नका लागि देशका प्रधानमन्त्री र अर्थमन्त्रीलाई बुझाउनका लागि मागपत्र र ख) संविधानमा चलचित्र क्षेत्रका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि संविधान सभाका अध्यक्ष तथा राजनीतिक पार्टीहरुलाई बुझाउनका लागि मागपत्र तयार गर्ने निर्णय गरियो ।
 
 
 
केपी पाठक
का.वा संयोजक
 
 

 

No comments: