Sunday, October 7, 2012

तमुवानको राज्य भेला सम्पन्न

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ
तमुवान राज्य समिति

असोज २०, पोखरा

एकीकृत नेकपा (माओवादी) निकट एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ, तमुवान राज्य समितिको दोस्रो राज्य भेला शनिवार पोखरामा सम्पन्न भएको छ ।
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ, पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक मातृका पोखरेलको प्रमुख आतिथ्यता तथा एकीकृत नेकपा (माओवादी) राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यद्धय प्रकाश पोखरेल र अमर तमुको विशेष आतिथ्यतामा सम्पन्न भेलाले मणिचन्द्र कंडेलको अध्यक्षतामा २७ सदस्यीय राज्य समिति निर्वाचित गरेको छ । निर्वाचित कार्य समितिको उपाध्यक्षमा बसन्त बराकोटी, सचिवमा मदन भण्डारी र सदस्यहरुमा दिलीप श्रेष्ठ, चिनाकुमारी वि.क., डा. कृष्णराज अधिकारी, राजेन्द्र पौडेल, नारायण मरासिनी, भीम रानाभाट, नवराज ढकाल, सुवास खड्का, मोती रेग्मी, मनहरि तिमिल्सिना, सोम तमु, हेमराज भण्डारी, शंकर गिरी, नैनाकला परियार, बालाकृष्ण श्रेष्ठ, हरि बराल, रामचन्द्र अर्याल, यामबहादुर घोताने, चिन्तु गिरी, यशोदा न्यौपाने, कमल भण्डारी, अन्जानकुमार वि.क. र पुजा श्रेष्ठ रहनुभएको छ ।त्यसै गरि भेलाले कृष्ण उदासी र यमबहादुर पौडेल क्षेत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मातृका पोखरेल राजनीतिक आन्दोलनलाई दिशाबोध गर्न संस्कृतिकर्मीहरुको भूमिका महत्वपूर्ण हुने विचार राख्नुभयो । उहाँले अगाडि भन्नुभयो–समाजमा जागरण पैदा गर्न मात्र होइन, राजनीतिक आन्दोलनमा देखिएका विचलनहरुविरुद्ध खवरदारी गर्न पनि संक्रमणकालमा संस्कृतिकर्मीहरु सबैभन्दा बढी क्रियाशील हुनुपर्दछ । त्यस्तै विशेष अतिथि प्रकाश पोखरेलले राजनीतिक कार्यदिशाको अबको गन्तव्यबारे संस्कृतिकर्मीहरु सबैभन्दा बढी अध्ययनशील हुनुपर्ने विचार राख्नुभयो । उहाँले अगाडि भन्नुभयो–पार्टीले २१औं शताब्दीको नयाँ विचार र कार्यदिशासहितको पार्टी निर्माणका लागि महाधिवेशनको आयोजना गर्दैछ, त्यसमा तपाईहरुको दिशाबोध जरुरी छ । कार्यक्रममा अर्का अतिथि अमर तमुले पनि संस्कृतिकर्मीहरुको भूमिका र औचित्यबारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
भेलाले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा अखिल नेपाल लेखक संघ तमुवान राज्य समिति, यामबहादुर घतानेको अध्यक्षतामा अखिल नेपाल जनकलाकार संघ तमुवान राज्य समिति र हरि बरालको अध्यक्षतामा अखिल नेपाल चलचित्रकर्मी संघ तमुवान राज्य समिति पनि निर्वाचित गरेको छ ।
महासंघका तमुवान संयोजक मणिचन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन मनहरि तिमिल्सिना र स्वागत बसन्त बराकोटीले गर्नुभएको थियो ।

No comments: