Monday, July 30, 2012

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको परिपत्र २०६९-०४-१२


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ



क.अध्यक्ष / संयोजक

..................राज्य समिति  ..................................... ...................................................संघ

विषय :- परिपत्रबारे ।

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको चौथो पूर्ण बैठक यहि २०६९ साल साउन १० र ११ गते एकीकृत नेकपा (माओवादी) को केन्दिय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्यो । महासङ्घका कार्यबाहक अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा सांस्कृतिक फ्राक्सन इञ्चार्ज क.निनु चापागाईको उपस्थिति थियो । बैठकको दोस्रो दिन अर्थात साउन ११ गते एकीकृत नेकपा (माओवादी) का अध्यक्ष क.प्रचण्ड उपस्थित भई सांस्कृतिक मोर्चाको ऐतिहासिक भुमिकाको बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । सो दिनको बैठकमा एकीकृत नेकपा (माओवादी) महाधिवेशन आयोजक समितिका वरिष्ठ सदस्य क. लीलामणि पोखरेलको पनि उपस्थिति रहेको थियो । सो बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरीएको छ ।

१. बैठकको आरम्भमा नेपाली समाजको रुपान्तरणका लागि वलिदान दिने महान सहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरीयो ।

२. केन्द्रीय समितिलाई विघटन गरी पाचौं राष्ट्रिय सम्मेलन तयारी समितिमा रुपान्तरण गर्न राखिएको प्रस्तावलाई बैठकले सर्व सम्मतीले अनुमोदन गर्यों । बैठकले का.बा.अध्यक्ष मातृका पोखेरेललाई पाचौं राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक चयन  गर्यों   ।

३. सम्पूर्ण राज्य समितिका प्रतिनिधि, सम्पूर्ण आङ्गिक संगठनका प्रतिनिधि एवं विभिन्न केन्द्रीय परिवारका प्रतिनिधिहरुबाट संगठन र परिवारका गतिविधि अनि वर्तमान अवस्थावारे रिपोर्ट प्रस्तुत गरीयो ।

४. रिपोर्टमा उठेका प्रश्न र जिज्ञासालाई ध्यान दिदै सांस्कृतिक  फ्राक्सन इञ्चार्ज क.निनु चापागाई, संयोजक मातृका पोखरेल र कार्यालय सदस्यद्वय बलराम तिमल्सिना र गणेश भण्डारीले संस्लेषण सहीतको मन्तव्य राख्नु भयो ।

५. संगठनवारे :-

क.    बैठकले १५१ सदस्यीय पाचौं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्न राखिएको प्रस्तावलाई अनुमोदन गर्यो  ।

ख.    बैठकले राज्य समिति, आङ्गिक संगठन, विशिष्ट सांस्कृतिक ब्यक्तित्व एवं एकता प्रक्रियाबाट सहभागी हुनुभएका ७६ जना सांस्कृतिक कर्मीहरुलाई आयोजक समितिमा थप ग-यो । बाँकी ८ सदस्यहरु थप गर्ने अधिकार कार्यालयलाई  दिने निर्णय  भएको छ ।


पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिको नामावली यस प्रकार छ :-

मातृका पोखरेल              - संयोजक
बलराम तिमिल्सिना       - कार्यालय सदस्य
गणेश भण्डारी                 - कार्यालय सदस्य

अन्य सदस्यहरु

रमेशप्रसाद भट्टराईशिवजी लामिछाने, देवेन्द्र थुम्केली, तुलाराज गिरी, विशाल तामाङ्, वसन्त बान्तवा, सुशील क्षेत्री, सुमन देवकोटा, प्रदिप देवान, विष्णुभण्डारी, शङ्कर देवकोटा, भीम कुमाखी, भोगीराज चाम्लिङ्ग, इन्द्र रेग्मी,पोषराज पौडेल, नरेश पौडेल, हरिदेव ठाकुर, नारदमणि हार्तम्छाली, दशरथ चौधरी, प्रकाश पन्थी, केपी पाठक, रामनाथ यादव, अञ्जु खालिङ, राजु लामा, लक्ष्मी गुरुङ्ग, नरेन्द्र श्रेष्ठ, उत्तम डङ्गोल, शरद लिम्बु, केशव महर्जन, लक्ष्मण शेष, मायादेवी बोहोरा, प्रकाश राई, मुक्ति शर्मा, जेहाङ किराँती, दीपा सापकोटा, मिथिला फुयाँल, मानबहादुर दोङ, युवराज लामा, विजय बस्नेत, शम्भु  राई, चेतन सापकोटा, प्रगति महरा, तोप्के तितुङ्ग, वदन शर्मा, राकेश किराती, विमल पौडेल, राजन बम, दिलिप महर्जन, प्रमोद धिताल, मणिचन्द्र कडेल, रेम थापा, धिरेन्द्र प्रेमर्षी, वीरप्रसाद भन्सारी, डाक्टर किरात, संगीत स्रोता, डम्बर रोकाया, उषा मगर, दल बहादुर घर्ती, धर्मराज न्यौपाने, हिसन समाल, कुस्मिता दर्लामी, लालसिंह परियार, राजु नेउपाने, जयफुल्ला हसन, पर्वत वि. क, भरत वि.क.,    गणेश कञ्चन भारती, पृथ्वीबहादुर सिंह, पाल्साङमो लामा, कुलमान बुढा, गेमी रोक्का मगर, कर्ण बानियाँ, सुवर्ण हमाल, मनिष पि.एम., साहस राई, जीवन सलाम, गंगा महर्जन, इन्द्र विसंखे, राजन दोङ, सुष्मा श्रेष्ठ, सुरेखा श्रेष्ठ, राजु लामिछाने, सत्या पहाडी, चिना मगराती, जे.वी टुहुरे, हरीगोविन्द लुइँटेल, रामचन्द्र भट्टराई, सुधा त्रिपाठी, माधव ढुङगेल, पञ्चकुमारी परियार, यज्ञराज प्रसाई, नवीन लामा, सरगम थपलिया, भूपाल राई, मोहन तिमिल्सिना, भानु भण्डारी,  अविराम बटाला, दानबहादुर परियार, मनोहर परियार, विरु लामा, शान्ता आचार्य, बिन्दु जि.सी., रुपकुमार राई, ईश्वर जोशी, कृष्ण पौडेल, गौरव किराती, निमार्ण किराती, संयम, राम विकेश, मुन्ना ठाकु्र,  डा. कृष्णराज अधिकारी, वसन्त बराकोटी, राजेन्द्र पौडेल, कृष्ण उदासी, आस्था के.सी., गणेश कार्की, अर्जुन वियोगी, थारु चौधरी, सावित्री थामी, कुसुम लाल, कमल मण्डल, सुरेश यादव, राम नेपाल, विमला फुयाल, असल लिम्बू, नवीन तिम्सिना, नीलकण्ठ गुमी, भवानी पौडेल, लेख बहादुर सुवेदी, केशर कालिकोटे, दीप शक्ति, प्रमिला तामाङ, चन्द्र तितुङ, विना शर्मा, विनम राई, किशोर अनुराग, निरज ढकाल,  दिपेश थापा मगर, न्युसन राई र हिरण्य प्रताप सागामी 
   
ग.    बैठकले संयोजक मातृका पोखरेल र सदस्यद्वय बलराम तिमल्सिना र गणेश भण्डारी रहेको एक              कार्यालयगठन गरेको  छ । बैठकले आवश्यक निर्णयहरु गर्ने सम्पूर्ण अधिकार कार्यालयलाई दिएको छ ।


घ.    राज्य समितिका संयोजकहरु तोकिएको छ । जो निम्न अनुसार छ।


* लिम्बुवान राज्य             –शरद लिम्वु
* कोचिला राज्य                –मोहन तिमिल्सिना
* किराँत राज्य                 –वसन्त बान्तवा
* तामसालिङ राज्य           –विशाल तामाङ
* नेवाः राज्य                    –राजु स्यानताङ
* तमुवान राज्य               –मणिचन्द्र कंडेल
* मगरात राज्य                –कुलमान वुढा
* भेरी कर्णाली राज्य        –तुलराज गिरी
* थारुवान राज्य               –नरेश पौडेल
*  सेती महाकाली राज्य     –लालसिंह परिवार
*  अवध राज्य                  –रामचन्द्र भट्टराई
*  मिथिला राज्य                –हरिदेव ठाकुर
*  भोजपुरा राज्य               –राम विकेश

६. सम्मेलनबारे:-

क.   एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाचौं राष्ट्रिय सम्मेलन २०६९ मंसिर १५, १६, १७     र          १८  गते     पोखरामा गर्ने निर्णय गरिएको छ ।
ख.    आङ्गिक संगठनहरुले कात्र्तिक मसान्तभित्र सम्मेलन गरी सक्नु पर्ने छ ।
ग.    महासंघको राज्य सम्मेलन असोज महिनाभित्र गरी सक्नु पर्ने छ ।

७. उप–समितिहरुको गठन

    पाँचौं राष्ट्रिय सम्मेलन सफलपार्न निम्न लिखित उप–समितिहरु गठन गरीएको छ ।

क. विधान / प्रतिवेधन उप–समिति

मातृका पोखरेलको संयोजकत्वमा बलराम तिमिल्सिना, गणेश भण्डारी, रमेश भट्टराई, शिवजी लामीछाने, भीम कुमाखी, प्रदीप देवान, देवेन्द्र थुम्केली र लक्ष्मी गुरुङ सदस्य रहेको विधान / प्रतिवेदन उप–समिति गठन गरीएको छ ।

ख. ब्यवस्थापन उप–समिति

वलराम तिमल्सिना संयोजक रहेको शिवजी लामीछाने, विष्णु भण्डारी, प्रकाश पन्थी लगायत तमुवान राज्य समितिका सम्पूर्ण सदस्यहरु रहने र अन्य पछी थप गर्ने गरी एक ब्यवस्थापन उप–समिति गठन गरिएको छ । यो उपसमितिमा राज्य समितिका सम्पूर्ण संयोजकहरु सदस्य रहने छन । आवश्यक अन्य सदस्यहरु कार्यालयले पछि थप गर्ने छ ।

ग. आर्थिक उप–समिति
गणेश भण्डारी संयोजक रहेको एक आर्थिक उप–समिति गठन गरीएको छ । जसमा भीम कुमाखी, राजन वम, प्रदीप देवान लगायत राज्यका संयोजकहरु रहने निर्णय गरीएको छ । आवश्यक अन्य सदस्यहरु कार्यालयले पछि थप गर्ने छ ।

घ. प्रचार / प्रसार उप–समिति
रमेश भट्टराईको संयोजकत्वमा देवेन्द्र थुम्केली, संगीत स्रोता, माधव ढुङ्गेल, नरेन्द्र श्रेष्ठ, दीपा सापकोटा, प्रमोद धिताल, चेतन सापकोटा र इन्द्र रेग्मी रहने गरी प्रचार÷प्रसार उप–समितिगठन गरिएको छ । आवश्यक अन्य सदस्यहरु कार्यालयले पछि थप गर्ने छ ।



८. सम्मेलन प्रतिनिधि कोटाबारे

क. पाचौं राष्ट्रिय सम्मेलनका लागी निम्न अनुसार प्रतिनिधि संख्या तय गरीएको छ ।

*  राज्य महासंघका सम्पूर्ण पदाधिकारी एवं कार्यसमितिका सदस्यहरु ।
*  आङ्गिक संगठनका सम्पूर्ण केन्द्रीय सदस्यहरु ।
* जिल्ला महासंघले निर्णय गरी पठाएका दुई जना प्रतिनिधि ।
*  केन्द्रीय सांस्कृतिक परिवारका सम्पूर्ण सदस्यहरु ।
*  राज्यका आङ्गिक संगठन र परिवारबाट पाँच जना ।
*  केन्द्रीय कार्यालयबाट मनोनित ६० (साठी) जना ।

ख.  सवै प्रतिनिधिहरुले मेष तथा प्रवेश शुल्क बापत रु.५००।– पाँच सय वुझाउनु पर्ने छ ।
. सम्पूर्ण प्रतिनिधिहरुले आउने जाने ब्यवस्था आफू  स्वयमले वा सम्वन्धित राज्य समितिले गर्नु पर्ने छ ।

९. सम्मेलनको नारा

  पाँचौ राष्ट्रिय सम्मेलनका लागी तय गरिएको मुल नारा यस प्रकार छ:-

  सामन्तवाद, साम्राज्यवाद र विर्सजनवादका विरुद्ध हाम्रो आन्दोलन !
  एकता र  साँस्कृतिक रुपान्तरणका  लागि  पाँचौ राष्ट्रिय  सम्मेलन !!

१०. विविध 

   केन्द्रीय सदस्य क.उषा मगरलाई मगरात राज्यबाट थारुवान राज्यमा कार्यक्षेत्र तोकिएको छ ।

१२ साउन २०६९








मातृका पोखरेल
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ
पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति

==================================================================
==================================================================
==================================================================
==================================================================

No comments: