Sunday, January 3, 2010

२०६६ साल पौष १८ गते सम्पन्न एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको पूर्ण बैठकको परिपत्र


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति
..................................समिति ।

विषयः– परिपत्र

यही २०६६ साल पौष १८ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको पूर्ण बैठक समितिका संयोजक ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा बस्यो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु जानकारी एवम् क्रियान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
१. बैठकको प्रारम्भमा महान् सांस्कृतिक आन्दोलनको क्रममा सहादत प्राप्त गनुहुने कृष्णसेन इच्छुक, चुनु गुरुङ, मस्त विष्ट, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर शाहीलगायतका १६० भन्दा बढी सांस्कृतिक सहिदहरु एवम् महान् जनयुद्ध र जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. महासङ्घका संयोजक ईश्वरचन्द्र ज्ञवालीले तेस्रो राष्ट्रिय सम्मेलन यता भएका गरेका कामहरुको संक्षिप्त मूल्याकंनसहित एकताको चौथो राष्ट्रिय सम्मेलनको कार्ययोजनासहितको सांस्कृतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनउपर केन्द्रीय समितिका सदस्यहरुले व्यापक छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गरियो ।
३.एकता राष्ट्रिय भेलाद्वारा निर्वाचित पुरानो कार्यसमिति परिवर्तन गरी दुई पछि थप्ने गरी ७५ सदस्यीय एकताको चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सर्वसम्मतले निर्माण गरियो । केन्द्रीय समितिको पुरानो कार्यालयका सम्पूर्ण सदस्यहरु, पार्टीको योजनामा अन्य काममा खटिएका बाहेकाका सचिवालय सदस्यहरु, सबै राज्यसमितिका संयोजकहरु, पार्टी केन्द्रले सिफारिस गरेका केही सांस्कृतिककर्मीहरु, आ¨िक संगठनका पदाधिकारीहरु(जो महासङ्घका केन्द्रीय सदस्य रहेका छन्) र दलित महिला, उत्पीडित क्षेत्र, जाति र सांस्कृतिक सम्मिलनबाट समाहित प्रतिनिधित्वको मापदण्डका आधारमा सम्मेलन आयोजक समिति निर्माण गरियो । जसअनुसार संयोजक ईश्वरचन्द्र ज्ञवाली, सहसंयोजक मातृका पोख्रेल, सदस्यहरु माइला लामा, बलराम तिमिल्सिना, गणेश भण्डारी, हिरामणी दुःखी, रोशन जनकपुरी, मोहलाल चन्द, घनश्याम ढकाल, विजय साङपाङ राई, बदन शर्मा, सुमन देवकोटा, सीता आचार्य, मीनबहादुर सोव, इन्द्रबहादुर थिङ, आदर्श राई, मोहित श्रेष्ठ, राजकुमार कुँवर, दानसिंह वि.क., इन्द्र वि.क., सुशिला थापा, इन्द्र देवकोटा, ज्योति चौधरी, डम्मर रोकाया, खेम थपलिया, विष्णु भण्डारी, शिवजी लामिछाने, रमेशप्रसाद भट्टराई, डा. जगदीशचन्द्र भण्डारी, विशाल तामाङ, टेकबहादुर बलम्पाकी, भोगिराज चाम्लिङ, बीरप्रसाद भन्सारी, रेम थापा, उत्तम डंगोल, इन्द्र रेग्मी, सुशील क्षेत्री, भिम कुमाखी, उत्तरकुमार राई, बसन्त वान्तवा, देवेन्द्र थुम्केली, भरत लामा, उभार पुन, विमल पौडेल, के.पी.पाठक, दलबहादुर घर्ति, श्रीष श्रेष्ठ, दशरथ चौधरी, हरिदेव ठाकुर, रामनाथ यादव, देवेश्वरलाल मुन्ना, जयकिशन जयफुल्लाहसन, सुष्मा वि.क., भुपेन्द्र वि.क., कर्णबहादुर परियार, नरेन्द्र श्रेष्ठ, छिरिङ लामा, शरद लिम्बु, विक्रान्त वली, मित्रलाल पंज्ञानी, निर्माण साङपाङ, प्रदीप देवान, आर.सी.न्यौपाने, नरेश पौडेल, जे.वि. टुहुरे, डा.ऋषिराज बराल, पोषराज पौडेल, नारदमणी हार्तम्छाली, अन्जु किराँती, मिथिला फुयाँल, लक्ष्मी गुरुङ, तुलाराज गिरी, मोदनाथ मरहट्टा रहनु भएको छ ।
४. सम्मेलन
क) चौथो राष्ट्रिय सम्मेलन २०६६ साल चैत्र २ गते काठमाण्डौमा उद्घाटन गरी चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारी समापन गर्ने निर्णय गरियो ।
ख) सम्मेलनलाई ऐतिहासिक एवम् भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ५ उपसमितिहरु गठन गरियो । जसअनुसारः–
I व्यवस्थापन उपसमिति
संयोजक बलराम तिमिल्सिना, सदस्यहरु विजय राई, सिता आचार्य, भोगिराज चाम्लिङ, खेम थपलिया, छिरिङ लामा, विष्णु भण्डारी, इन्द्रबहादुर थिङ, इन्द्र देवकोटा, प्रदीप देवान, श्रीष श्रेष्ठ, आर.सी. न्यौपाने ।
IIआर्थिक उपसमिति
संयोजक ईश्वरचन्द्र ज्ञवाली, सदस्यहरु मातृका पोखरेल, रमेशप्रसाद भट्टराई, मित्रलाल पंज्ञानी, इन्द्र रेग्मी, शिबजी लामिछाने, आर.सी.न्यौपाने, मोदनाथ मरहठ्ठा, विमल पौडेल र सबै राज्य समितिका संयोजकहरु ।
III प्रचार प्रसार उपसमिति
संयोजक रोशन जनकपुरी, सदस्यहरु हिरामणी दुःखी, खेम थपलिया, भोगिराज चाम्लिङ, नरेन्द्र श्रेष्ठ, देवेन्द्र थुम्केली, नारदमणी हार्तम्छाली, पोषराज पौडेल, मोदनाथ मरहठ्ठा, के.पी. पाठक सबै राज्यसमितिका संयोजकहरु ।
IV विधान तथा प्रतिवेदन मस्यौदा उपसमिति
संयोजक ईश्वरचन्द्र ज्ञवाली, सदस्यहरु मातृका पोख्रेल, माइला लामा, हिरामणी दुःखी, घनश्याम ढकाल, डा.ऋषिराज बराल, डा.जगदीशचन्द्र भण्डारी, रमेशप्रसाद भट्टराई,
V संगठनात्मक प्रस्ताव उपसमिति
संयोजक गणेश भण्डारी, सदस्यहरु घनश्याम ढकाल, मोहलाल चन्द, जे.वि.टुहुरे, एम.वि.सर्वहारा,बदन शर्मा, टेकबहादुर बलम्पाकी ।
ग) राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्वको मापदण्ड निम्नानुसार ठोस गरिएको छ ।
I. आयोजक समितिमा नपरेका निर्वतमान केन्द्रीय सदस्यहरु
II. महासङ्घका राज्यसमितिका सबै सदस्यहरु ।
III. महासङ्घअन्र्तगत रहेका सबै आंगिक संगठनका केन्द्रीय समितिका सबै सदस्यहरु ।
IV. महासङ्घको जिल्ला समितिले चुनेर पठाएका दुई जना सदस्यहरु ।
V. सामना परिवारका सदस्यहरु ।
VI.केन्द्रबाट मनोनय गरिएका अधिकतम् ५० जना ।

घ) पर्यवेक्षका लागि निम्नानुसारको निर्णय लिइएको छ ।
I. प्रत्येक विग्रेड एक जना सदस्य ।
II. व्यवस्थापन राज्यसमितिका परिवारका सदस्यहरु ।
III. अन्य जनवर्गीय संगठनका सांस्कृतिक विभागका तोकिएका दुई दुई जना सदस्यहरु ।

ङ) सम्मेलनको मूलनारा यसप्रकार रहेको छ

‘राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि हाम्रो आन्दोलन ।
जनताको न्यायपूर्ण विद्रोहको पक्षमा एकताको चौथो राष्ट्रिय सम्मेलन ।।

च) एकता राष्ट्रिय सम्मेलनको संगठनात्मक तयारीका लागि वि.सं. ०६६ माघ महिनाभित्र महासङ्घको जिल्ला सम्मेलन, ०६६ फागुन २० गतेभित्र राज्यसम्मेलन गर्ने निर्णय गरिएको छ । साथै, ०६६ बैशाख यता भएका जिल्ला सम्मेलनका लागि पुनः सम्मेलन गर्नु नपर्ने निर्णय गरिएको छ ।
५. विविध
क) महासङ्घ केन्द्रीय सदस्य दीपा सापकोटाको निलम्वन फुकुवा गरिएको छ ।
ख) महासङ्घ केन्द्रीय सदस्य क. आदर्श राइको किराँत राज्यमा सरुवा गरिएको छ ।
ग) केन्द्रीय सांगितिक टोली सामाना परिलाई चलचित्र निर्माणका लागि केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
घ) केन्द्रीय सचिवालय सदस्य क.माइला लामाको गिति क्यासेट प्रकाशन गर्ने कार्यलाई अनुमोदन गरिएको छ ।
अन्त्यमा राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि आन्दोलनात्मक ढंगले सम्पन्न हुन गइरहेको एकताको चौथो राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्नका खातिर राजनीतिक, बैचारिक, संगठनात्मक एवम् संघर्षको कार्ययोजनालाई आत्मसात् गर्दै अघि बढन् सम्मेलन आयोजक समितिलाई निर्देशन दिंदै बैठकका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीद्धारा बैठकको समापन गरियो ।
क्रान्तिकारी अभिवादन सहित

ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति

No comments: