Saturday, June 23, 2012

माओवादीका २५ जबस मोर्चाद्वारा पार्टी एकताका लागि आव्हानः


माओवादीका २५ जबस मोर्चाद्वारा पार्टी एकताका लागि आव्हानः कथित राष्ट्रिय भेलाको निर्णय भन्दै क. किरणलगायतका केही कमरेडहरूले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट अलग भएको भनेर गर्नुभएको घोषणाले आमक्रान्तिकारी,परिवर्तनकामी, देशभक्त जनसमुदायको भावनामा गम्भीर चोट पु¥याएको छ । उक्त विभाजनकारी कदम पार्टीको क्रान्तिकारी विचार र जनताप्रतिको उत्तरदायित्वबाटविचलीत भएर गरिएको घोर मनोगतवादी निर्णय हो भन्ने हाम्रो ठम्याई रहेको छ । जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मरिपेक्षता र सामाजिक न्यायका मुल्यहरूको संरक्षण गर्ने कुरा एकातिर गर्ने तर अर्कोतिर गोलमेचसभाको नारा अगाडि सारेर घुमाउरो पाराले जनयुद्ध र जनआन्दोलनको उपलब्धी र भावनामाथि प्रहार गर्ने काम भएको छ । यसरी पार्टीको विकसित कार्यदिशाका मूलभुत कडीहरूसहित ऐतिहासिक राजनीतिक उपलब्धीहरूलाई समेत निषेध गर्ने र भविष्यको मार्गचित्र सम्बन्धमा पनि देखिने अस्पष्टता र अकर्मण्यताले उहाँहरूको विसर्जनवादी सोचलाई व्यक्त गर्दछ । विसर्जनवादी सोचले अन्ततः क्रान्तिलाई हैन प्रतिक्रान्तिलाई सेवा पु¥याउने कुरा निश्चित छ । केही कमरेडहरूले पार्टी विभाजनको भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको सन्दर्भमा हामी सबै जनवर्गीय सङ्गठनहरू पार्टीको वैज्ञानिक कार्यदिशाको समर्थन र कार्यान्वयनप्रतिको दृढता पुनः जाहेर गर्दछौं । पार्टीलाई कमजोर बनाउने सबैखाले गतिविधीलाई निस्तेज तुल्याउदै पार्टी काममा सक्रियतापूर्वक जुट्न सबैतहका कमिटिहरूलाई विशेष निर्देशन गर्दछौं । बाटो विराएका सबै साथीहरूलाई पुनः आ–आÏनो जिम्मेवारीमा फर्कन आह्वान गर्दछौं । फुट र विभाजनको कुनै भ्रममा नपरी पार्टीको वरिपरी गोलबन्द हुन सबै क्रान्तिकारी, देशभक्त तथा परिवर्तनकामी जनसमुदायहरूमा हार्दिक अपिल समेत गर्दछौं । 


                             

No comments: