Monday, May 4, 2015

परिपत्र (२०७२ साल बैसाख २१ गते)



क.अध्यक्ष /संयोजक
..............................




विषय :- परिपत्र


यही मिति २०७२ साल बैसाख २१  गते हाम्रो संगठन एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ, केन्द्रीय सचिबालयको  बैठक महासङ्घका  संयोजक मातृका पोखरेलको  अध्यक्षता र  फ्रयाक्सन इन्चार्ज क. आहुतिको विशेष उपस्थितिमा बसी लिइएका निर्णयहरू कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ :

१) सर्वप्रथम यही २०७२ साल बैसाख १२ गते गएको विनासकारी  महाभूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण            नेपालीहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरियो।

२) बैठकले  महासङ्घका  संयोजक मातृका पोखरेलको संयोजकत्वमा सचिवालयका सदस्यहरू रहने गरी भूकम्पपिडित राहत तथा सहयोग परिचालन समिति निर्माण गर्ने निर्णय गरियो।

३) तत्कालका लागि राहत आवश्यक परेका  स्थानमा वितरण गर्नका लागि   ३० बोरा चामल ,३० केजी दाल , ६० केजी केराउ , १५ केजी मस्योरा ,  २ बोरा आलु र  ३० केजी नून महासंघसंग सम्बन्धित आंगिक संगठन र सदस्यहरूले  संकलन  गर्ने  निर्णय गरिएको छ।

४) महासंघसंग सम्बन्धित सम्पूर्ण समिति र आंगिक संगठनहरूले भुकम्पपिडितहरूको सहयोगार्थ प्रभावकारी ढंगले कार्यक्षेत्रमा जुट्न निर्देशन दिइएको छ।


क्रान्तिकारी अभिवादन सहित



मातृका पोखरेल 
संयोजक 
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ
केन्द्रीय समिति 
    

No comments: