Thursday, March 20, 2014

१६ ओं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा यही २०७० साल चैत्र ५ गते काठमान्डुको कोटेस्वरमा साँस्कृतिक प्रतिरोध दिवस मनाइयो। एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिका संयोजक  मातृका पोखरेलको अध्यक्षतामा  सम्पन्न उक्त समारोहका प्रमुख अतिथि बरिस्ठ सांस्कृतिक चिन्तक एवं सांस्कृतिक बिभाग प्रमुख  निनु चापागाई हुनुहुन्थ्यो। 

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिका कार्यालय सदस्य रमेशरंजन झाले स्वागत मन्तव्य राख्दै आफ्नो कविता पनि प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा कविहरु सत्य पहाडी, बलराम तिमिल्सिना ,  विष्णु भण्डारी, माधव घिमिरे "अटल", चेतनाथ धमला, राजु स्याङ्ग्तान, प्रथा, सुमन, केवल विनावीले  आ-आफ्ना  कविता प्रस्तुत गर्नु भएको थियो भने नारदमुनी हार्ताम्छालीले एउटा गीत प्रस्तुत गर्नु भएको थियो।   उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईले वर्गसत्रु  प्रतिको घृणा कम हुदै गएकोमा चिन्ता व्यक्त गर्दै वर्गीय प्रतिबद्धता च्युत हुनबाट सांस्कृतिककर्मीहरु जोगिनु पर्ने धारणा राख्नु भयो।  
  
तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा हरेक बर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ । २०५५ साल चैत ५ गते अनेकोटको एक घरमा बसिरहेकोबेला कलाकारहरु च्याङबा लामा, निर्मला देवकोटा, गुम्बासीं तामाङ, मञ्जु कुवर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई सुरक्षाकर्मीहरुले निर्ममतापूर्वक हत्या गरेका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्षको चैत्र ५ गते यो कार्यक्रम मनाइने गरिन्छ। 



















No comments: