Monday, July 2, 2012

अखिल नेपाल जनकलाकार संघको प्रेस विज्ञाप्ती 2069-03-19


अखिल नेपाल जनकलाकार संघको प्रेस विज्ञाप्ती  2069-03-19

प्रेस विज्ञाप्ती   

यतिखेर एकीकृत नेकपा (माओवादी) पार्टीभित्रको जिवन्त वैचारीक अन्तर संषर्घको नाम दिदै एकथरी कथित क्रान्तिकारीहरु रुपमा जनपक्षीय तर सारमा जनतालाई घात गर्ने राजीनिमा लिप्त भई फुटको अवस्थासम्म पुगेको कुरा दिनको घाम झै छर्लङ्ग भएको असार गते देखि एकीकृत नेकपा (माओवादी) बाट सम्वन्ध विच्छेदको घोषणा गर्दे पार्टीभित्रका केहि गलत विचार राख्नेहरु मोहन वैद्यकिरणको नेतृत्वमा अलग स्थानमा पुगेका छन् जसले नेकपामाओवादी नाम दिएर नेपाली जनता, सहीद तथा वेपत्ता परीवार, घाइते तथा अपाड्डहरु आम पार्टीका कार्यकतामा भाग बण्डाको राजनीति गर्दै आमरुपमा भ्रम सिर्जना गर्ने अभियानमा लागी परेका छन् नेपाली जनताको विगत दश बर्षको न्यायपूर्ण जनयुद्ध जनआन्दोलनबा प्राप्त भएको शान्तिप्रक्रिया अनि यसबाट नेपाली जनताको चाहाना अनुरुपको नयाँ संविधान निर्माणका लागि चालीएका कदम माथि कुठराघात गर्ने काम पार्टी भित्रै जन्मीएको जडशुत्रीय संशोधनवादबाट भईरहेको बदलिदो राजनैतिक परिवेश अनुरुम ठोस रानैतिक परिवेशका साथ पार्टी, विचार कार्यदिशा विकसीत भईरहेको अवस्थामा जनताको अधिकार सम्पन्न व्यवस्था निर्माण गर्ने यात्रालाई गन्तव्यसम्म पु¥याउनुको साटो निरन्तर क्रान्ति जनविद्रोहको कथित नाम जपेर वाम लप्फाजीको मुकुण्डो प्रदर्शन गरीरहेको कुरा स्पष्ट उदाड्डो भएको
                पार्टी भित्र देखा परेको अन्तर संघर्ष नामको यो फुटवादी रवैयाले सांस्कृतिक क्षेत्रलाई पनि प्रत्यक्षरुपमा प्रभाव पारेको एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघमा सम्पूर्ण बर्चस्व भनेर कुर्लीदै आम जनमानसमा पार्न थालीएको गलत भ्रमपूर्ण कुप्रचार नकाम सिद्ध भएको यसका साथै महासंघका अन्य आंगीक संगठनहरु अखिल नेपाल लेखक संघ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल ललितकला संघ अखिल नेपाल जनकालाकार संघमा पनि फुटवादी चिन्तन प्रवृति विरुद्धको संकल्प बलियो रहेको पुष्टी भएको सांस्कृतिक क्षेत्रको एक महत्वपूर्ण क्षेत्र सांगीतिक क्षेत्रलाई नेतृत्व गर्ने महासंघको आंगीक संगठन अखिल नेपाल जनकलाकार संघमा पनि टुटफुटको  राजनीति गर्नेहरुले केही भ्रामकरुपमा प्रभाव पार्न खोजिरहेका छन् २०६५ सालमा भएको अखिल नेपाल जनकलाकार संघको प्रथम राष्ट्रिय सम्मेलन मार्फत एक सदस्य पछी थप्ने गरी ६३ सदस्सीय केन्द्रीय समिति निर्वाचित भएको थियो यतिखेर फुटवादीहरुबाट अखिल नेपाल जनकलाकार संघका सम्पूर्ण केन्द्रीय सदस्यहरु आफुतिर रहेको कथित  प्रचारवाजी गरीएको जसमध्ये ६० प्रतिशत केन्द्रीय कार्य समिति सवैजसो राज्य समितिका सदस्यहरु पार्टीको मुल पक्षसंग केन्द्रीत भई फुटवादी कतिथ चरम क्रान्तिकारी नामका लप्फाजीहरुको विरुद्धमा केन्द्रीत भएका छन् यो संवेदनशिल राजनैतिक  परिवेशमा जनताको पत्यक्ष भावनासंग पार्टीको वास्तविक योजनामा केन्द्रीकृत भई निरन्तर देश जनता प्रति समर्पित संस्कृतिकर्मीहरु संगीत क्षेत्रमा क्रियाशिल जनकलाकारहरु फुट परस्तहरुको भ्रममा नपरी एकतावद्ध भएको कुरा यस विज्ञप्ती मार्फत स्पष्ट गरीन्छ साथै आम जनसुमादाय तथा पार्टी कार्यकर्ताहरुमा फुटपरस्तहरुको भ्रममा नपर्न पनि हार्दिक अपिल गरिन्छ महान सर्वहारा सांस्कृतिक क्रान्तिको मूल्य मान्यता तथा निरन्तर क्रान्तिको उद्देश्यमा केन्द्रित हुनुपर्ने कुरा यो परिस्थितिको प्रधान मुद्दा हो एकीकृत नेकपा (माओवादी) को मुल राजनैतिक कार्यदिशा अखिल नेपाल जनकलाकार संघको संगठनात्मक नीति तथा कार्य योजनामा निरन्तर क्रियाशिल भई फुटको राजनीतिमा लागेर जनतावाट अलग हुन खोज्ने सांस्कृतिक कर्मीहरुलाई पनि एकतावद्ध भई निरन्तर जनताको पक्षमा क्रियाशील रहन यस विज्ञप्ती मार्फत अपिल गरीन्छ

..................
भीम कुमाखी
कार्यवाहक अध्यक्ष
अखिल नेपाल जनकलाकार संघ, केन्द्रीय समिति

No comments: