Wednesday, September 19, 2012

एकीकृत नेकपा (माओवादी) सामना जिल्ला समितिको प्रथम जिल्ला सम्म्मेलनका केही तश्वीरहरू / परिपत्र २०६९ साल भदौ ३१ गते


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय  समिति 


विषय :- परिपत्र

कमरेड संयोजक
.............................................
.......................................... .......................संघ/समिति

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको कार्यालयको विस्तारित बैठक २०६९ साल भदौ ३१ गते महासङ्घको केन्द्रीय कार्यालय बागबजारमा बस्यो । महासङ्घका संयोजक मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकले गरेका निर्णयहरू जानकारी एवम् कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।

१. २०६९ साल मङ्सिर १६, १७, १८ गते नेपालगञ्जमा आयोजना गर्ने निर्णय गरिएको एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलन, असोज २६ र २७ गते विराटनगरमा गर्ने निर्णय गरिएको अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन, कात्तिक १७ र १८ गते गर्ने निर्णय गरिएको अखिल नेपाल जनकलाकार सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन, कार्तिक २३ र २४ गते हेटौडामा गर्ने निर्णय गरिएको अखिल नेपाल चलचित्रकर्मी सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन र मङ्सिर ९ गते गर्ने निर्णय गरिएको अखिल नेपाल ललितकला सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को निर्णय अनुसार हाललाई स्थगित गरिएको छ ।
२. महासङ्घ र आङ्गिक सङगठनहरूका तोकिएका जिल्ला र राज्य सम्मेलन एवम्  भेलाहरू पार्टीसँग समन्वय गरी सम्भव भएसम्म गर्ने निर्णय गरिएको छ ।
३. सम्मेलनको प्रयोजनार्थ वितरण गरिएका सदस्यता रसिद, सहयोग रसिद एवम् आर्थिक  सहयोगका बनाइएका पत्रहरू उठेको रकम सहित अनिवार्य रूपमा  सबै जिल्ला र राज्य समितिले केन्द्रीय कार्यालयमा यथाशीघ्र फिर्ता गर्नुपर्ने निर्णय गरिएको छ ।
४. महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनको सहयोगार्थ असोज १७ र २१ गते कर्मचारी महासङ्घ र YCL  सँगको सहकार्यमा गर्ने भनिएको टिकट सो कार्यक्रम अन्य नाममा आयोजना गर्ने निर्णय गरियो ।
५. अखिल नेपाल ललितकला सङ्घको एउटा वर्कसप थारूवान राज्यमा गर्न सम्बन्धित पार्टी राज्य र कमान्डसँग छलफल गरी टुङ्ग्याउने निर्णय गरियो ।
६. अखिल नेपाल लोककलाकर्मी सङ्घको नाम, अवधारणापत्र विधान र स्वरूपबारे १५ दिन भित्र प्रस्ताव पेस गर्ने र अन्य संयोजन गर्ने समेतको जिम्मेवारी महासङ्घका केन्द्रीय सदस्य प्रदीप देवानलाई दिने निर्णय गरियो ।
७. एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पहलमा एउटा उत्पादन सहकारी गठन गर्ने निर्णय गरिएको छ । यस विषयलाई अध्ययन गरी १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी शिवजी लामिछानेको संयोजकत्वमा राजु स्याङ्तान र ऋद्धिरमण घिमिरे सदस्य रहेको एक कार्यदल गठन गरिएको छ ।

            क्रान्तिकारी अभिवादन सहित ।
                              
मिति :- २०६९/०६/०१       
                                                                                      
                                                                                      







................................
                                                                                         मातृका पोखरेल
                                                                                   
संयोजक
                                                       एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
                              केन्द्रीय  समिति


====================================================================
====================================================================


एकीकृत नेकपा (माओवादी) सामना जिल्ला समितिको प्रथम जिल्ला सम्म्मेलनका केही  तश्वीरहरू 








































































No comments: