Saturday, May 26, 2012

जेठ १३ र इच्छुकको सम्झना - भिम कुमाखी

जेठ १३/०६९

जनवादी सास्कृतिक आन्दोलनका एक कहिल्यै पनि ननिभ्ने दियो कवि, साहित्यकार तथा पत्रकार आदरणीय बीर सहीद क.कृष्णसेन इच्छुक जसको साहदत भएको आज दस वर्ष वितेको छ । यो अवसरमा एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघको आंगीक संगठन अखिल नेपाल जनकलाकार संघ अन्तरगतको केन्द्रीय टोली सामना परिवारको आयोजनामा दशौं इच्छुक स्मृति तथा साास्कृतिक वलिदान दिवस मनाएर महान साास्कृतिक सहीद क.कृष्णसेन इच्छुक प्रति सम्झना तथा उहाको सम्मानमा साचो प्रतिवद्धता जाहेर गरीएको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघका केन्द्रीय समितिका उपाध्यक्ष क.मातृका पोख्रेलले इच्छुक शब्द र कर्ममा प्रतिवद्ध योद्धा भएको कुरा व्यक्त गर्नु भयो । इच्छुकको साहित्य यात्रा तथा पत्रकारीता यात्रा मात्र होइन कुशल संगठक भएको कुरा उहाले इच्छुकको व्यवहारबाट पुष्टी भएको उल्लेख गर्नुभयो । पोख्रेलले यतिखेरको पार्टी अन्तर संघर्षको विषयलाई उजागर गर्दै हिजो इच्छुकको उछितो काट्दै हिड्नेहरु आज सहीद इच्छुकलाई बोकेर व्याज लुट्ने काम गरीरहेको र त्यसरी सहीदको सम्मान होइन अपमान हुने वताउनु भयो । इच्छुक दिवस तथा साास्कृतिक वलिदान दिवसको अवसरमा महान सहीद क.सेनको फोटोमा अविर आवरण तथा माल्यारपन गरीएको थियो । इच्छुकको स्मृति स्वरुप उहाकै रचनामा रहेका तिन कविता बाचन गरेर सुनाइएको थियो । त्यसका साथै भीम कुमाखी द्धारा इच्छुक र इच्छाहरु शिर्षकको कविता वाचन गरी सुनाइएको थियो भने क. भुमिकाबाट पनि इच्छुकलाई स्मरण गर्दै कविता बाचन गरीएको थियो । सो स्मृति सभामा अतिथि विष्णु भण्डारीले पनि बोल्नु भएको थियो । स्वार्थको राजनीतिमा लिप्त भएर सहीदको रगतमाथि नै भाग बण्डा गर्न खोज्ने गलत तत्वहरुको विरुद्ध जुझारु बन्न र पार्टी माथि मौलाएको अन्तर संघर्षको आवरणमा पार्टी फुटाउने कसरतलाई रोक्न सहि राजनैतिक कार्यदिशामा गोलवन्द भई कार्य योजना सफल पार्नु नै इच्छुक प्रतिको सााचो श्रद्धाहुने कुरा सभाअध्यक्षको सिटबाट सामना परिवार केन्द्रीय टोली संयोजक भीम कुमाखीले बताउनु भयो । सो कार्यक्रमको सञ्चालन परिवारका सदस्य सुवर्ण हमालले गर्नु भएको थियो ।

No comments: