Wednesday, June 27, 2012

एकीकृत अखिल नेपाल जनसांस्कतिक महासंघको परिपत्र -२०६० असार १२

श्री क.    अध्यक्ष,   संयोजक
................... .........................संघ  / राज्य समिति ।

    यहि मिति २०६० असार १२ गते हाम्रो संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आकस्मिक बैठक समितिका उपाध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा र एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, स्थायी समिति सदस्य कृष्ण बहादुर महरा, सांस्कृतिक फ्य्राक्सन इञ्चार्ज निनु चापागाई, एवं पोलिटब्यूरो सदस्य प्रभाकरको विशेष उपस्थितिमा बसी लिइएका निर्णयहरु कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।

१.    सर्वप्रथम महान सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२.    प्रमुख अतिथि कमरेड प्रकाश र विशिष्ट अतिथिहरु कमरेड कृष्ण बहादुर महरा र कमरेड प्रभाकरले     पार्टीको     वर्तमान अवस्था र समसामयिक राजनैतिक विषयमा प्रशिक्षण दिनुभयो ।
३.     फुटपरस्त र विर्सजनवादीहरु संगठनबाट अलग्गिए पछि रिक्त रहेको अध्यक्ष पदमा पार्टी स्थायी समितिको मिति     २०६९ साल असार ६ गतेको परिपत्र अनुसार उपाध्यक्ष मातृका पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने     निर्णय गरियो ।
४.    फुटपरस्त र विर्सजनवादीहरुले पैmलाएको भ्रमलाई स्पष्ट पार्न एकीकृत नेकपा (माओवादी) को नेतृत्व र     कार्यदिशालाई समर्थन र प्रतिवद्धता ब्यक्त गर्न प्रेश विज्ञप्ती जारी गर्ने निर्णय गरीयो । सो प्रेस विज्ञप्ती      यसैसाथ संलग्न गरी पठाईएको छ ।            
५.     महासंघको केन्द्रीय कार्यालय बागवजारमा स्थापना गर्ने र अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि सचिवालय सदस्य     विष्णु भण्डारीले कार्यालय सचिवको भूमिका निर्वाह गरिदिने प्रस्तावलाई वैठकले पारित गरयो ।
६.     सवै आङ्गीक संगठनको वैठक राख्ने निर्णय गरियो । सो अनुसार अखिल नेपाल लेखक संघको असार १६ गते,  अखिल     नेपाल चलचित्र कर्मी संघको असार १७ गते, नेपाल ललितकलाको संघको असार १८ गते र अखिल  नेपाल     जनकलाकार संघको असार १९ गते, वैठक राखिने छ । हाल अध्यक्ष नभएका आङ्गीक संगठनहरुमध्य अखिल नेपाल लेखक संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रमेश भटटराईलाई दिने र अखिल नेपाल जनकलाकार संघको संयोजन गर्ने जिम्मेवारी वरिष्ठ सचिवालय सदस्य  भीम कुमाखीलाई दिने निर्णय गरियो ।
७.    महासंघ केन्द्रीय समितिको पूर्ण वैठक एनेकपा (माओवादी) को २०६९ साउन १ गते देखि ५ गतेसम्म सम्पन्न हुने     विस्तारित वैठक पश्चात वस्ने निर्णय गरियो ।
८.    मातहतका सम्पूर्ण राज्य, जिल्ला र क्षेत्रीय समितिले यथाशीघ्र वैठक राखी पार्टीको नेतृत्व र कार्यदिशा प्रति     प्रतिवद्धता जाहेर गर्दे फुटपरस्त र विर्सजनवादीहरुको भ्रमलाई तत्काल स्पष्ट पार्न पहल गर्ने र गराउने निर्णय     गरिएको छ । मातहतका समितिहरुलाई सो अनुसार गर्न निर्देशन दिइन्छ ।
९.    वैठकको अन्त्यमा सांस्कृतिक इन्चार्ज एवं एनेकपा (माओवादी) का पोलिटब्युरो सदस्य क. निनु चापागाईले     सांस्कृतिक आन्दोलनमा हाम्रो भूमिकाको चर्चा गर्दै वैठकको समापन भएको जानकारी गराउनु भयो ।

   
क्रान्तिकारी अभिवादन सहित


मातृका पोखरेल
कार्यवाहक अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कतिक महासंघ

No comments: