Tuesday, September 11, 2012

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको परिपत्र २०६९/०५/१४


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ


कमरेड संयोजक 
.......................................... ................................. ................संघ  /समिति

विषय :- परिपत्र

प्रिय कमरेड,

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको कार्यालयको विस्तारित बैठक २०६९ साल भदौ ४ गते र २०६९ साल भाद्र १३ गते बागबजारमा सम्पन्न भयो । महासङ्घका संयोजक मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकहरूले गरेका निर्णयहरू कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ । 

१. एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको चौथो पूर्ण बैठकको निर्णयानुसार महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलन २०६९ मङ्सिर १५, १६ र १७ गते तमुवान राज्यको पोखरामा गर्ने भनिएकोमा त्यहाँबाट प्राप्त वस्तुगत अवस्थाको जानकारी र सुझाव अनुसार पोखरामा गर्न अनुकूल नहुने देखिएकोले उक्त निर्णय परिवर्तन गरी मङ्सिर १६, १७ र १८ गते पाँचौ राष्ट्रिय सम्मेलन थारुवान राज्यको नेपालगञ्जमा आयोजना गर्ने निर्णय गरिएको छ । 

२. एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको दैनिक कार्य सञ्चालनका लागि अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य ऋद्धिरमण घिमिरेलाई महासङ्घको केन्द्रीय कार्यालय सचिवमा नियुक्त गरिएको छ । 

३. सङ्गठनविरोधी क्रियाकलापमा संलग्न रहेकोले महासङ्घका केन्द्रीय सदस्य राजु न्यौपानेलाई साधारण सदस्यबाट समेत निस्कासन गर्ने निर्णय गरिएको छ । 

४. पाँचौ राष्ट्रिय आयोजक सम्मेलन समितिमा रिक्त रहेको नौ सदस्य सङ्ख्या थप गरी पूर्ण सदस्य सङ्ख्या १५१ पुरयाइएको छ । आयोजक समितिमा थप गरिएका संस्कृतिकर्मीहरूको नामावली :-

क) जाइका (कोचिला), ख) मनोहरि तिमल्सिना (तमुवान), ग) अग्रज के.सी. (नाट्य),
घ) मोतीराज गौतम (भेक), ङ) सत्यलाल मूल (नेवाः), च) सरला पुन (सामना),
छ) निशान राई (सामना), ज) लुना पुन (सामना) र झ) अनुषा राई (सामना) ।

५. एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको वैचारिक÷सांस्कृतिक प्रकाशन ‘नयाँ संस्कृति’को प्रथम अङ्क पाँचौ राष्ट्रिय सम्मेलन अगावै ‘नेपालको सांस्कृतिक आन्दोलनको वर्तमान दिशा’ विशेष अङ्कका रूपमा प्रकाशन गर्ने निर्णय गरिएको  छ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष कमरेड प्रचण्डलाई उक्त पत्रिकाको संरक्षकका रूपमा रहिदिन अनुरोध गर्ने र उक्त पत्रिकाको प्रधान सम्पादकमा निनु चापागाईं, सम्पादकहरूमा मातृका पोखरेल, बलराम तिमल्सिना, गणेश भण्डारी र रमेश भट्टराई रहने निर्णय गरिएको छ । साथै  यही २०६९ साल कात्तिक १८ गते ‘नेपालको सांस्कृतिक आन्दोनलको वर्तमान दिशा’ विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय  समेत गरिएको छ । 

६.पाँचौ राष्ट्रिय सम्मेलनको स्थान परिवर्तन भएको सन्दर्भमा व्यवस्थापन उप—समितिको संयोजकमा गणेश भण्डारी र आर्थिक उप—समितिको संयोजकमा बलराम तिमल्सिना रहने गरी जिम्मेवारी हेरफेर गरिएको छ । 

७.एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनको सन्दर्भमा सदस्यता वितरण र नवीकरण गर्दा प्रत्येक वर्षको रू.१०/— का दरले तीन वर्षको एकमुष्ठ रू.३०/— सदस्यता शुल्क लिने निर्णय गरिएको छ । सबै जिल्ला र राज्य समितिलेसदस्यता शुल्कवापत उठ्ने सम्पूर्ण रकम केन्द्रमा पठाउनु पर्नेछ । 

८. सम्मेलनको लागि मेस, प्रवेश शुल्क र अन्य कोटा सम्बन्धमा निम्न निर्णयहरू गरिएको छ :-
क) राज्य समिति एवम् आङ्गिक सङ्गठनहरूले कुनै पनि थप आर्थिक कोटा केन्द्रलाई बुझाउनु पर्ने छैन । 
ख) मेस तथा प्रवेश शुल्क वापत रू.७००/— बुझाउनु पर्ने छ । यो शुल्क आयोजक, प्रतिनिधि, पर्यवेक्षक र आमन्त्रित सबैलाई अनिवार्य रूपमा लागू हुनेछ । 

९. आर्थिक उप—समितिमा निम्न संस्कृतिकर्मीहरूलाई थप गरिएको छ । जसअनुसार— रमेशप्रसाद भट्टराई, शिवजी लामिछाने, देवेन्द्र थुम्केली, लक्ष्मी गुरूङ, राजु लामा, जीवन सलाम, मानबहादुर दोङ, केपी पाठक, युवराज लामा, केशव महर्जन र कृष्ण ढुङ्गाना ।

१०.मातृका पोखरेल, बलराम तिमल्सिना र गणेश भण्डारीको संयुक्त नामबाट सञ्चालन हुने गरी महासङ्घको एक बैङ्क खाता खोल्ने निर्णय गरिएको छ । 

११. आङ्गिक सङ्गठनको इन्चार्जहरू फेरबदल गरिएको छ । जसअनुसार — 
क) अखिल नेपाल जनकलाकार सङ्घ—बलराम तिमल्सिना
ख) अखिल नेपाल लेखक सङ्घ—गणेश भण्डारी
ग) अखिल नेपाल चलचित्रकर्मी सङ्घ—बलराम तिमल्सिना
घ) अखिल नेपाल ललितकला सङ्घ—मातृका पोखरेल

१२. अखिल नेपाल नाट्यकर्मी सङ्घ र अखिल नेपाल लोककलाकर्मी सङ्घ गठन गर्ने निर्णय गरिएको छ । अखिल नेपाल नाट्यकर्मी सङ्घको संयोजक किशोर अनुराग र सह—संयोजक अग्रज  के.सी. रहने गरी जिम्मेवारी  दिइएको छ ।

क्रान्तिकारी अभिवादन सहित ।

मिति :-२०६९/०५/१४
   



 





मातृका पोखरेल 
  संयोजक 
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
पाँचौ राष्ट्रिय सम्मेलन,आयोजक समिति 


==================================================================
==================================================================
==================================================================

No comments: