Sunday, July 1, 2012

अखिल नेपाल ललितकला संघ

 अखिल नेपाल ललितकला संघ केन्द्रीय समितिको  प्रेस विज्ञप्ति - 2069-03-18


अखिल नेपाल ललितकला संघ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन हो । हाम्रो गौरवशाली पार्टी एनेकपा (माओवादी) मा गत एक वर्षदेखि चल्दै आएको अन्तर्संघर्षमा पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा कथित क्रान्तिकारी विचार–समूहका नाममा पार्टीको आधिकारिक लाइन र संगठनका विरुद्ध ‘पार्टीभित्र पार्टी, योजनाभित्र योजना र संगठनभित्र संगठन’ भन्दै अत्यन्त अस्वस्थ अन्तर्संघर्षलाई अगाडि बढाइयो । यसै सन्दर्भमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको नेतृत्व तहमा रहेका केही कमरेडहरूले पार्टी मूल नेतृत्वप्रति लक्षित गर्दै अत्यन्त भद्दा र अश्लील गालीगलौज गर्दै आएको कुरा हामी सबैलाई थाहै छ । पार्टी एकतालाई अन्तिम क्षणसम्म बचाईराख्न पार्टीको संस्थापन पक्ष तथा पार्टी अध्यक्ष क. प्रचण्डले अत्यन्त धैर्यपूर्वक देखाएको सदाशयता र परिआए पार्टी अध्यक्षसमेत त्याग गर्ने घोषणालाई पूरै लत्याई यही वैद्य गुटले असारको पहिलो साता कथित राष्ट्रिय भेला भन्दै हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)बाट सम्बन्ध विच्छेद गरेको घोषणा गरेकाले हाम्रो संगठन अखिल नेपाल ललितकला संघ यस्तो फुटपरस्त गतिविधिको घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।
हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यनीतिप्रति अखिल नेपाल ललितकला संघ पूर्ण विश्वास व्यक्त गर्दछ र पार्टीको नेतृत्व पंक्ति, त्यसमा पनि अध्यक्ष क. प्रचण्डप्रति पूर्ण आस्था र विश्वास व्यक्त गर्दछ । हाम्रो संगठन अखिल नेपाल ललितकला संघका सत्प्रतिशत केन्द्रीय समिति सदस्यहरू मूलपार्टी वा संस्थापन पक्षमा रहेको बेहोरा अवगत गराउ“दै सम्पूर्ण ललितकलाकर्मीहरूलाई फुटपरस्त गतिविधिका कुनै पनि भ्रममा नपरी एकीकृत नेकपा (माओवादी) स“ग एकताबद्ध हुन अपिल गर्दछु ।

देवेन्द्र थुम्केली
अध्यक्ष
अखिल नेपाल ललितकला संघ
केन्द्रीय समिति

मिति  :- 2069-03-18

No comments: