Thursday, June 8, 2017

सांस्कृतिक क्रान्ति र रूपान्तरणको आवश्यकता - दिल साहनी


कम्युनिस्ट पार्टी गरिबगुरुवाका पार्टी हुन् । तर, अहिले यिनीहरू धनीमानीका पार्टी हुन पुगेका छन् ।कम्युनिस्ट सर्वहारा हुन्छन् । तर, अहिले यिनीहरू करोडपति अरबपतिमा गनिन थालेका छन् । हिजोकम्युनिस्ट नेताले व्यक्तिगत सम्पत्ति पार्टीका नाममा समर्पित गर्थे, आज तिनै कम्युनिस्ट नेताब्याजसहित आफ्नो व्यक्तिगत सम्पत्ति जोर्ने धन्दामा लिप्त देखिन्छन् । आफ्नो व्यक्तिगत सम्पत्ति थुपार्नउनीहरू नैतिकताको दृष्टिबाट जति तल र्झन पनि तयार देखिन्छन् । हिजो चप्पल पनि नहुने कम्युनिस्टनेता यतिवेला पजेरोविना एक डेग हिँड्न नसक्ने भएका छन् । हिजो गुन्द्रीमा रात गुजार्ने कम्युनिस्टनेता आज 'डन्लप'विना रात कटाउन नसक्ने भएका छन् । हिजो जनताको जडौरी भिर्ने कम्युनिस्ट नेताआज दिनको दशचोटि सुटबुट फेर्ने हैसियतमा पुगेका छन् । हिजो नुनको ढिकोसित ढिँढो निल्नेकम्युनिस्ट नेता आज पाँचतारे होटेलमा भात भान्सा गर्ने भएका छन् । बासमती चामलको भुजाविनाभाग बस्न नसक्ने भएका छन् । हाम्रा सर्वहारा नेतामा एक्कासि आएको यस्तो परिवर्तनले सबैलाईआश्चर्यचकित पारेको छ । यसबारे गुनासो गर्दा उनीहरूको बनिबनाउ जवाफ हुन्छ, हामी भिखारी हुनकम्युनिस्ट भएका होइनौँ । कुरा त ठीकै हो । तर, के कुरा पनि ठीक हो भने उनीहरू जनतासँगसँगैकरोडपति/अरबपति हुनुपथ्र्यो । उनीहरू जनतासितै पजेरो चढ्ने हैसियतमा पुग्नुपथ्र्यो । यता जनतादिनदिनै गरिबबाट अझ गरिब हुँदै छन् भने कम्युनिस्ट नेता धनीबाट झन्झन् धनी हुँदै छन् । २००६सालमा पुष्पलालले के यसैका लागि कम्युनिस्ट पार्टी स्थापना गरेका हुन् ? के यसकै लागि ०२८ मा झापाविद्रोह भएको हो ? के यसैका लागि ०५२ सालमा जनयुद्ध सुरु गरिएको हो ? जनताका यी प्रश्नको हाम्राकम्युनिस्ट नेतासित कुनै जवाफ छ ? यसैले त हामीले भन्नुपरेको हो, हाम्रा कम्युनिस्ट पार्टी कम्युनिस्टपार्टीजस्ता छैनन्, हाम्रो कम्युनिस्ट नेता कम्युनिस्ट नेताजस्ता छैनन् । उनीहरू रूपान्तरित भएका छन्। गरिबबाट धनीमा रूपान्तरित भएका छन् । सादा जीवनशैलीबाट विलासी जीवनशैलीमा रूपान्तरितभएका छन् । गुमाउनेबाट कमाउनेमा रूपान्तरित भएका छन् । जनताका सेवकबाट जनताका मालिकमारूपान्तरित भएका छन् । शासितबाट शासकमा रूपान्तरित भएका छन् । अझ शोषितबाट शोषकमासमेत रूपान्तरित भएका छन् । देशभक्तबाट विदेशभक्तमा रूपान्तरित भएका छन् ।यसैले सायद अहिलेहाम्रा कम्युनिस्ट पार्टीका लागि एउटा सांस्कृतिक क्रान्ति आवश्यक भएको छ । त्यस्तो सांस्कृतिकक्रान्ति जसले हाम्रा कम्युनिस्ट पार्टीलाई बुर्जुवा पार्टीमा पतन हुनबाट जोगाउन सकोस् । हाम्राकम्युनिस्ट पार्टीलाई संसद्वादी पार्टीमा पतन हुनबाट बचाउन सकोस् । जसले हाम्रा कम्युनिस्ट नेतालाईसर्वहाराका नेताबाट बुर्जुवा नेतामा पतन हुनबाट बचाउन सकोस् । जसले हाम्रा कम्युनिस्ट नेतालाईक्रान्तिकारी विचारबाट विसर्जनवादी विचारमा पतन हुनबाट बचाओस् । जसले कम्युनिस्ट नेता तथाकार्यकर्तालाई अराजक, अनैतिक तथा अनुशासनहीन हुनबाट बचाउन सकोस् । जसले कम्युनिस्ट नेतातथा कार्यकर्तालाई कर्मठ कर्तव्यपरायण, निष्ठावान्, निःस्वार्थी, त्यागी तथा संयमित हुन उत्प्रेरित गरोस्। जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई सिद्धान्तनिष्ठ, संघर्षशील तथा प्रतिबद्ध हुन उत्प्रेरणा देओस्। जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई वर्गीय अडान लिन र वर्ग दृष्टिकोण राख्न बल पुर्याओस् ।वास्तवमा उहिले पञ्चायतकालमा नेपालका कम्युनिस्ट पार्टीको हालत यस्तो थिएन । उनीहरू वास्तविककम्युनिस्ट पार्टीजस्ता देखिन्थे । त्यतिवेला कतिपय कम्युनिस्ट नामधारी समूहले संशोधनवादी वाराजावादी बाटो अवलम्बन गरे पनि अरू कम्युनिस्ट पार्टी वा समूह कम्युनिस्ट पार्टीकै चरित्रअनुरूप कामगर्थे । त्यतिवेला कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र कार्यशैली मूलतः कम्युनिस्टपार्टीकै जस्तो थियो । कम्युनिस्टको जस्तो थियो । हामी यो कुरा पुष्पलालको पार्टीमा पनि पाउँथ्यौँ,मोहनविक्रमको मसालमा पनि पाउँथ्यौँ भने नेकपा मालेमा पनि यो कुरा पाउन सकिन्थ्यो । झापाविद्रोहले कम्युनिस्ट आदर्शलाई निकै अनुशासित ढंगले बोकेको थियो । ०५२ सालमा जनयुद्ध सुरु गरेकोमाओवादीले पनि युद्धकालमा कम्युनिस्ट आदर्शलाई निकै गहिरोसँग अनुसरण गरेको बुझिन्थ्यो । माले,एमाले हुँदाहुँदै उसका कम्युनिस्ट संस्कृति र संस्कारमा ह्रास आएको कुरा स्पष्ट बुझ्न सकिन्थ्यो ।शान्तिकालमा आएपछि माओवादीमा पनि कम्युनिस्ट संस्कृति र संस्कार बत्ती बालेर खोज्नुपर्ने अवस्थासिर्जना भयो । हिजो कम्युनिस्ट कार्यकर्ता र नेता जुन उत्साह र आस्थासाथ कम्युनिस्ट साहित्यकोअध्ययन गर्थे त्यो आज गर्दैनन् । आज अचम्मको कुरा त के छ भने कति नेता तथा कार्यकर्ता पनिकम्युनिस्ट साहित्यको पाना नै नपल्टाई कम्युनिस्ट बनेका छन् । यसैले पनि आज कम्युनिस्ट पार्टीकम्युनिस्ट पार्टीजस्ता नभएर बुर्जुवा पार्टीजस्ता हुन र देखिन थालेका होलान् । आज कम्युनिस्ट नेताकम्युनिस्ट नेताजस्ता देखिँदैनन् भने कम्युनिस्ट कार्यकर्ता कम्युनिस्ट कार्यकर्ताजस्तो देखिँदैनन् ।पुष्पलाल भन्ने गर्थे, 'जसरी बाइबल नपढी कोही क्रिस्चियन हुन सक्दैन, कुरान नपढी कोही मुसलमानहुन सक्दैन, वेद नपढी कोही हिन्दु हुन सक्दैन, त्यसरी नै कम्युनिस्ट घोषणापत्र नपढी कोही पनिकम्युनिस्ट हुन सक्दैन । घोषणापत्र कम्युनिस्टहरूको बाइबल हो, कुरान हो, वेद हो ।'आज पनिकम्युनिस्ट साहित्यको गहिरो अध्यन गर्नेमा कि पुष्पलालको नाम अगाडि आउँछ कि मोहनविक्रमसिंहको । यी दुवै नेता आफू पनि खुब कम्युनिस्ट साहित्यको अध्ययन गर्थे, आफ्ना कार्यकर्तालाई पनिकम्युनिस्ट साहित्य अध्ययन गर्न उत्प्रेरित गर्थे । झापा विद्रोहका वेलामा यसका नेता पनि कम्युनिस्टसाहित्य अध्ययन गर्थे । जनयुद्धकालमा माओवादी नेता-कार्यकर्ता पनि बडो लगन र निष्ठापूर्वकमाक्र्सवादी साहित्य अध्ययन गर्थे । क्रान्ति आन्दोलन वा वर्ग संघर्षका वेला कम्युनिस्टहरू कम्युनिस्टसाहित्यको अध्ययन गर्न बाध्यै हुँदा रहेछन् । त्यतिवेला उनीहरूका निम्ति कम्युनिस्ट साहित्यअनिवार्य विषयजस्तो हुन पुग्दो रहेछ । उनीहरू आवश्यकताले पनि कम्युनिस्ट साहित्य पढ्न बाध्य हुँदारहेछन् । तर, यतिवेला कम्युनिस्ट पार्टी र तिनका नेता बुर्जुवा राजनीतिमा चुर्लुम्मै डुबेपछि कम्युनिस्टसाहित्य पनि उनीहरूका निम्ति रद्दीको टोकरीमा फाल्ने वस्तु भएको छ । यतिखेर कतिपय कम्युनिस्टपार्टीका नेताले माक्र्सवादी सिद्धान्त पुरानो भयो भन्न थालेका छन् । कम्युनिस्ट साहित्य पुरानो भयोभने पढ्नु पनि किन ? सायद यही भएर अहिले कम्युनिस्ट पार्टी र तिनका नेता कम्युनिस्ट साहित्यअध्ययन गर्नुपर्ने कुरामा कुनै जोर लगाउँदैनन् । उनीहरू त उल्टै कम्युनिस्ट साहित्यलाई पुरानो भयो पोभन्न थालेका छन् । उल्टै कम्युनिस्ट साहित्य पढेर त्यसलाई व्यवहारमा उतार्न खोज्नेलाईकठमुल्लावादी भन्न थालेका छन् ।कम्युनिज्मको बाटो छोडेर पनि होला आज उनीहरूलाई कम्युनिस्टसाहित्य नजाने गाउँको बाटो सोध्नुजस्तो व्यर्थको काम लाग्न थालेको छ । हुन पनि हो कसैले पनिकम्युनिस्ट साहित्यको अध्ययन गर्छ भने त्यसलाई व्यवहारमा लागू गर्नै अध्ययन गर्छ । जब हाम्राकम्युनिस्ट पार्टीलाई व्यवहारमा माक्र्सवादको होइन संशोधनको प्रयोग गर्नु छ भने नदुखेको टाउकोदुखाउन किन कम्युनिस्ट साहित्य अध्ययन गर्नुपर्यो र ?ठीक हो, जुन-जुन कम्युनिस्ट पार्टीलेकम्युनिस्ट क्रान्तिको बाटो छोडे, उनीहरूले किन पो आफ्नो कुनै नसनातो नभएको कम्युनिस्टसाहित्यको अध्ययन गर्नुपर्यो र ? तर, जुन-जुन कम्युनिस्ट पार्टीले नेपालमा कम्युनिस्ट क्रान्ति गर्नेसपना देखेका छन्, उनीहरूका लागि कम्युनिस्ट साहित्यको अध्ययन र त्यसको चिन्तन-मनन अनिवार्यकुरा हो । यसलाई जारी राख्न पनि नेपालका कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्ति सञ्चालन गर्न जरुरीछ । पक्कै हो, कुनै पनि क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी सिद्धान्त अध्ययन आवश्यक हुन्छ नै ।क्रान्तिकारी सिद्धान्तविना कुनै पनि क्रान्ति सम्पन्न हुन सक्दैन । हामीलाई थाहा भएकै कुरा हो, रुसीक्रान्तिका निम्ति माक्र्स र एंगेल्सका माक्र्सवादी ग्रन्थले मात्र नपुगेर लेनिनले पचासवटा जति ठुल्ठूलाग्रन्थ लेखेका थिए । माओले चार ग्रन्थ लेखेर चिनियाँ क्रान्ति सम्पन्न गरेका थिए । यसले पनि केबुझाउँछ भने कसैले पनि क्रान्ति गर्न चाहन्छ भने उसले अनिवार्य रूपमा क्रान्तिकारी सिद्धान्त अध्ययनगर्नैपर्छ ।

http://paathakbarga.blogspot.com बाट साभार 

No comments: