Monday, June 12, 2017

श्याम तमोट र भोकै मर्ने पेटका सारङीहरु - राजेश राई

यो धर्तीमा धेरै मान्छेहरु जन्मिन्छन् यहाँ मान्छेको एउटा ठूलो भीड छ जहाँ मान्छेहरु हराउछन् । धेरै मान्छेहरु भीडमै बिलाउँछन् । धेरै मान्छेहरु जन्मिन्ने मध्ये धेरै मनका लागि जन्मिन्छन् अथवा बाँचेर मनका लागि जन्मिन्छन् । केही मान्छेहरु यस्ता पनि जन्मिन्छन । मरेर पनि बाँच्नको लागि जन्मिन्छन् मरेर पनि बाँच्छन् यस्ता मान्छेहरु सधै बाँच्छन् जसले आफ्नो परिश्रम सृजना पसिना अरुका निर्मित्त समर्पित गर्छन ।

सबैले यी सब कुरा र्समर्पण गर्दा बँाचिन्छ भन्ने होइन । यसले साचो अर्थमा आफ्ना सृजना पसिना अरुमा र्समर्पण गर्न सक्छ तिनै महान मान्छेहरु यो धर्तीमा बाँाचिरहन्छन् । ती बाँची रहने मध्येको एउटा नाम हो जनताका गीतकार श्याम तमोट । जसले आफ्ना सृजना देशका लागि समर्पित गर्नु भयो । साचो अर्थमा र्सवहारा जनताहरु प्रति आफ्ना सृजनाहरु र्समर्पण गर्नु भयो र गर्दै आउनु भएको छ ।यहाँले आफ्ना सृजनाहरुमा जनताका दुःख लेख्नु भएको छ । यहाँले जनताको पीडा लेख्नु भएको छ र आहृवान गर्नु भएको छ । वि.सं.२०१० सालमा भोजपुरको टक्सारमा जन्मिनु भएका श्याम तमोटले गाउँ-गाउँबाट उहाँ जस्ता जनप्रिय जनगीत लेखेर नेपाली मूक्ति आन्दोलनमा ठूलो सहयोग गर्नु भएको छ । उहाँका गीतहरु इतिहासको प्रत्येक मुक्ति आन्दोलनको लागि एउटा ठूलो ो मोर्चा बनेका छन् । एउटा शक्तिशाली भूमिका लेखका छन् । वि.सं. ०२६/२७ सालतिर राल्फा आन्दोलन लिएर मंजुल, रामेश, पारिजात भोजपुर जाँदा उनीहरुले गाएका गीतहरुले प्रभावित भएर गीत लेख्न थालेका बताउनु हुन्छ ।

राल्फाली आन्ान्दोलनले भोकै मर्ने महाकविता पेटका सारङ्गीका गीतहरु गाए पछि तिनै गीतहरुबाट प्रभावित भएर गीति यात्रामा लागेको बताउनुहुन्छ । बि.सं.२०३१ सालबाट गीत लेख्न शुरु गरेको बताउनु हुन्छ । ०३६/०३७ सालतिरबाट जनताका गीत लेख्दै निरंकुशताका बिरुद्ध गीतहरु लेख्दै मुक्ति आन्दोलनमा लागेको काठमामाँडौको सानो कोठामा सानो कसौडीमा भात पकाएर खादै जनताका गीतहरु गाएर हिडेको कुरा जनताहरुलाई मुक्ति आन्दोलनमा लाग्न अनुरोध गरेका कुरा आज भोलि उहाँ सम्झनुहुन्छ । त्यो सम्झना गर्दै रामेशले लेख्नु भएको छ ।०३६/०३७ सालतिर हामीसँगै थियो । का�� माँडौमा सानो कोठा थियो सानो कसौडिमा भात पकाएर खान्थ्यौं संकल्प पत्रिका चलाउँथ्यौं । जनताका गीतहरु गाएर हिड्थ्यौं । त्यसबेला जासुसी जालो भित्र पार्न खोज्थे र पुलिसहरु बन्दुक ताक्दै हिड्थे हामीले जति ठूलो ो दमन हुन्थ्यो उति नै जाजल्यमान भएर निस्किन्थे ।

गीतहरु न्याय निम्ति जीन्दगी यो लम्किरहन्छ चेतनाको प्रवाहलाई रोक्न सकिन्न जति छोप्न खोजे पनि सत्य छोपिन्न संर्घष्ा हो जीवन, जीवन संर्घष्ा हो । यसरी त्यतिबेला देखि जनगायक रामेशहरुसँगै जनगीति यात्रामा लाग्नु भएको थियो । श्याम तमोट उहाँका गीतहरुले तत्कालीन मण्डले शासकका विरुद्ध धावा बोल्थे जनताहरुलाई न्यायपर्ूण्ा आन्दोलनमा लाग्न अभ्रि्रेरित गर्दथे यहाँका गीतहरुले उज्यालो बाँड्थे । उहाँका गीतहरुमा देश, जनता र विचारप्रति अत्यन्त सचेत र इमान्दारीता थियो । जतिबेला देशमा हुकुमी कालो शासन चलिरहेको थियो । त्यतिबेला उहाँहरु मृत्युलाई कुल्चेर चेतनाका गीतहरु गाउनु हुन्थ्यो । भूमिगत भएर जनतालाई आन्दोलनमा लाग्न प्रेरित गर्दै भन्नु भयो । जीत कसको निश्चित छ जसले लड्ने साहस गर्छ । शिखरमा उही पुग्छ जसले चढ्ने साहस गर्छ । बज्र परे खप्न सक्ने दह्रो छाती पार्नु पर्छ । आफू ढले पनि सन्तानमा सार्नुपर्छ यस्ता र्सार्थक गीतहरुको रचना गर्दै उहाँहरुले आन्दोलनमा जनतालाई उत्प्रेरित गर्नु भएका थियो । उहाँका गीतहरु जतिबेला पनि एउटा ठूलो आन्दोलन झै आउने गर्छ । ०४६ सालको आन्दोलनमा होस् या २०६२ को विशाल जनक्रान्तिमा होस् उहाँले सृजना गर्नुर् भएको गीतहरुले एउटाठूलो भूमिका खेलेको छ ।

यसरी गीत संगीत सृजनाबाट जनतालाई उत्प्रेरित गर्दै आफ्ना जीवन खर्चिनु भएको श्याम तमोटका एउटा गुनासो छ उहँा भन्ने गर्नु हुन्छ-"भाइ हामीले यसरी लडेर ल्याएका प्रजातन्त्र सही रुपमा बिकास हुन सकेन, जनताका लागि साँचो अर्थमा प्रजातन्त्र आएन नेताका लागि आयो उहँालाई उहाँका गीतहरु कुनै पाटीको लेप लगाएर विश्लेषण गरिदा दुःख लाग्छ । सबै पार्टी सबै जनताका लागि लेखेको सम्भिmनुहुन्छ । उहाँबाट कहिल्यै छोएन । साइली र माइलीको प्रेमको कहानीले अनि कहिल्यै छोएन । भोकले मर्ने पेटका सारङ्गीका गीतहरु उहँालाई जनताका पीडाले छोयो अनि गीत बन्यो । जतिबेला जनता भोको हुन्थे उहाँ पनि भोकले छटपटिन हुन्थ्यो, जतिबेला हुन्थ्यो उहँा पनि जाडोले काम्नुहुन्थ्यो र त जन्मिए जनताका गीतहरु यो यात्रा अझै चलिरहोस् ।

श्याम दाइ ! अझै हाम्रा डाँडा, पाखामा उत्साहका फूल छैन । चिसा परेलीमा आँशु सुकेका छैनन् । जतिबेला जे तन्त्र आए पनि जनतालाई त्यो तन्त्रले देखेका छैन । तपाईको गीतयात्रा, तपाईको महान, जीउदो यात्रा यसरी नै चलिरहोस् ।

साभार: www.sahityaghar.com बाट 

No comments: